यी हुन आईपीएलमा सबैभन्दा महंगा टप १० खेलाडी

5.08K
shares

एजेन्सी । इण्डियन प्रीमियर लिग (आईपीएल) को आगामी सीजनका लागि मंगलबार भारतको जयपुरमा खेलाडीको लिलामी भयो । लिलामीमा ५० खेलाडीले आईपीएल टिमसँग जोडिने मौका पाए । कतिपय नामसमेत नसुनिएका खेलाडीले अप्रत्यासित रुपमा महंगो मुल्य पाए । यो सीजनमा महंगोमा मुल्य पाउने टप – खेलाडीको सूचीमा सबैभन्दा माथि एक नम्बरमा दुई जना भारतका खेलाडी रेहका छन् ।

फास्ट बलर जयदेव उनादकटलाई राजस्थान रोयल्सले र वरुण चक्रवर्तीलाई किंग्स एलेभन पञ्जाबले ८ करोड ४० लाखमा खरिद गरेका छन् । यस्तो सूचीको दोस्रो स्थानमा इंग्ल्याण्डका अलराउण्डर स्याम कुरे रहे । उनलाई ७ करोड २० लाख रुपैयाँमा किंगस एलेभनले लिएको छ । यस्तै दक्षिण अफ्रिकी ब्याट्सम्यान कोलिन इन्ग्रामलाई ६ करोड ४० लाखमा दिल्ली क्यापिटल्सले आफ्नो टीममा जोडेको छ ।

उता सूचीको चौथो नम्बरमा भारतका फास्ट बलर मोहित शर्मालाई चेन्नई सुपर किंग्स र भिभम दुवेलाई रोयल च्यालेन्जर्स बेंगलरुले ५ करोडमा किनेका छन् । चौथो नम्बरमै रहेका अक्षर पटेललाई दिल्ली र कालोस ब्रेथवेटलाई कोलकताले ५–५ करोडमा किने । यस्तै सूचीको पाँचौ नम्बरमा भारतकै फास्ट बलर मोहम्मद शामी रहे । उनलाई पञ्जाबले ४ करोड ८० लाखमा किनेको छ । पाँचौ नम्बरमा अन्य दुई खेलाडी पनि रहे ।

प्रभसिमनर सिंह र निकोलस पूरनलाई पञ्जाबले ४ करोड ८० लाखमा किनेको छ । सूचीको छैटो नम्बरमा रहेका शिमरोन हेटमेयरलाई ४ करोड ८० लाखमा बेंगलरुले किनेको छ । यस्तै सूचीको सातौ नम्बरमा अक्षदीप नाथ रहे । उनलाई बेंगलरुले ३ करोड ६० लाखमा किनेको छ । उता आठौंं नम्बरमा रहेका बरिंदर सरांलाई मुम्बई इण्यिन्सले ३ करोड ४० लाखमा किनेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083