सात हजार सेना अफगानिस्तानबाट फिर्ता गर्न राष्ट्रपति ‘ट्रम्प’द्वारा रक्षा मन्त्रालयलाई निर्देशन

5.3K
shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका ७ हजार अमेरिकी सेना फिर्ता गर्न रक्षा मन्त्रालय पेन्टागनलाई बिहीबार निर्देशन दिएका छन् । अहिले त्यहाँ १४ हजार अमेरिकी सेना रहेकोमा आधा घटाउन राष्ट्रपतिले रक्षा मन्त्रालयलाई निर्देशन दिएको आजको न्यूयोर्क टाइम्सले जनाएको छ ।

सैनिक सल्लाहकारहरुले भने राष्ट्रपतिको सो निर्देशनप्रति असन्तुष्टि जनाउँदै त्यसले अमेरिकालाई नै नोक्सान हुने र अफगानिस्तान लगायत सो क्षेत्रमा नै अराजकता फैलिने जनाएका छन् । अमेरिकामा सन् २०११ यता मात्रै २हजार ४सय अमेरिकी सेना मारिएका छन् । यो वर्ष मात्रै कम्ब्याट ड्रेसमै १३ जना अमेरिकी सैनिक अफगानिस्तानमा मारिएका छन् । सन् २०१४मा अमेरिकाले कम्ब्याट अपरेसन नगर्ने घोषणा गरेपछि २४ हजार अफगान सेना र प्रहरी मारिएको जनाइएको छ ।

सिरियाबाट २ हजार सेना फिर्ता गर्ने राष्ट्रपतिको निर्णयमा असहमति जनाउँदै रक्षा मन्त्री जिम म्याट्टिसको राजीनामा आएपछि राष्ट्रपतिले पुनः अर्को निर्णय गरेको समाचारमा जनाइएको छ । अफगानिस्तानको आतंककारी समूह तालिवानसँग वार्ताको वातावरण बनाउनका लागि पनि राष्ट्रपतिले पछिल्लो कदम चालेको आँकलन समेत गरिएको छ । गएको वर्ष अमेरिकाले अफगानिस्तानमा आफ्नो सैनिक उपस्थिति बढाउने निर्णय गरेकोमा अहिले ट्रम्प प्रशासनले आफ्नो नीति बदलेको रुपमा यसलाई हेरिएको छ ।

अहिले अफगानिस्तानमा रहेको अमेरिकी उपस्थितिमै अमेरिकी सेनाले समश्या भोगिरहेको अवस्थामा राष्ट्रपतिको पछिल्लो निर्णयलाई सैनिक अधिकारीहरुले निकै नै गम्भीर रुपमा लिएको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083