अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच टेलिफोन वार्ता

6.15K
shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनपिङबीच जारी व्यापार युद्धविरामबारे टेलिफोनमा कुराकानी भएको छ।

ट्रम्पले शनिबार ट्वीटमार्फत् सीसँग लामो टेलिफोन कुराकानी भएको र व्यापार युद्ध अन्त्य गर्नेबारे सकारात्मक प्रगति भइरहेको जनाएका छन्। ‘चिनियाँ राष्ट्रपति सीसँग लामो र निकै राम्रो कुराकानी भयो। डिल राम्रोसँग अघि बढिरहेको छ। यदि यो निष्कर्षमा पुग्यो भने विवादका सबै क्षेत्र, विषय र बुँदा समेटिएको विस्तृत हुनेछ। ठूलो प्रगति हुँदैछ,’ ट्रम्पले ट्वीट गरेका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले फोन कुराकानीको क्रममा राष्ट्रपतिले सीले दुई देशबीच केही साताअघि भएको सहमति कार्यान्वयन गर्न दुबै देशका अधिकारीसम्मिलित टोलीले सक्रियताका साथ काम गरिरहेको बताएका थिए।

उनले अमेरिका(चीन सम्बन्ध सहयोगी र स्थीर हुने विश्वास पनि व्यक्त गरेका थिए। एक महिनाअघि जी २० सम्मेलनका क्रममा भएको डिनर वार्तामा अमेरिका र चीनबीच व्यापार युद्धमा ९० दिनको युद्धविराम गर्ने सहमति भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083