बंगलादेशको संसदीय निर्वाचनको मतदान केन्द्रमा विपक्षीको अवरोध हुदाँ पाँच जनाको मृत्यु

4.62K
shares

ढाका । बंगलादेशमा भइरहेको संसदीय निर्वाचनका क्रममा पाँच जनाको मृत्यु भएको छ।

आज भइरहेको मतदानका समयमा विभिन्न स्थानमा हिंसात्मक घटना भइरहेको बंगलादेशी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विपक्षीहरुले बंगलादेशको दक्षिणी शहर बासखलाको मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रतिरक्षामा गोली प्रहार गरेको र एक जनाको मृत्यु भएको हो।

यस्तै दक्षिणपूर्वी क्षेत्रमा पर्ने रङ्गमती जिल्लामा विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्दा सत्तारुढ दल अवामी लिग पार्टीका कार्यकर्ताको मृत्यु भएको जनाइएको छ। विपक्षीको आक्रमणबाट उनको टाउकोमा चोट लागेको र अस्पताल लाने क्रममा मृत्यु भएको जनाइएको छ।

विभिन्न स्थानमा विपक्षीहरुले मतदान केन्द्रमा प्रवेश गर्न प्रयास गरेको र मतदान पेटिका खोसेर भाग्न क्रममा गोली चलाउँदा बांकी तीन जनाको मृत्यु एएफपीले उल्लेख गरेको छ।

आज भइरहेको संसदीय निर्वाचनमा संसदको २९९ पदका लागि १ हजार ८ सय ४१ जना प्रतिस्पर्धा गरिरहेका छन्। निर्वाचनको सुरक्षाका लागि करिब ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। यद्यपी देशका विभिन्न क्षेत्रबाट हिंसात्सक घटनाका खबरहरु आइरहेको बताइएको छ। निर्वाचन अघिको समयमा भएको हिंसात्मक घटनाका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ भने हजारौ घाइते भएका थिए।

आम निर्वाचनमा करिब १० करोड मतदाता सहभागी हुने र ४० हजार मतदान केन्द्रहरु रहेको बताइएको छ।

निर्वाचनमा हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बिएनपी) बीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सुरक्षालाई मध्यनजर आइतवार मध्यरातसम्म बंगलादेशमा थ्री जी, फो जी र इन्टरनेट सुविधा बन्द गरिएको टेलिग्राफले उल्लेख गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083