यसरी मनाइयो टोपी दिवस

4.9K
shares

काठमाडौँ । इस्वी सम्वतको नयाँ वर्षको दिन माइतीघरमा भेला भएर युवायुवतीहरूले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका छन् । कार्यक्रममा सहभागी महिलाले समेत ढाकाटोपी लगाएका छन् ।

विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि केही युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।यही क्रममा मंगलबार बिहान काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गरेका हु्न् ।

स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।

राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सन्हाइ, दमाहा लगायतका परम्परागत बाजागाजा पनि बजाइएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083