ट्याक्सी भाडा १० प्रतिशत बढ्यो
वि.सं.२०७५ पुस १८ बुधवार १०:५५
4.71K
shares
shares

काठमाडौं । ट्याक्सी भाडा १० प्रतिशतले बढेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हालको भाडामा १० प्रतिशतले वृद्धि गरी भाडा समायोजनको काम गरिरहेको छ । मिटर ट्याक्सीमध्ये झण्डै २५ सय ट्याक्सीमा भाडा समायोजन गरिसकिएको छ ।
यातायात व्यवस्था विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा भाडा वृद्धि गरेपछि ट्याक्सीमा पनि १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय कार्यान्वयन गर्दै विभागले भाडा समायोजनको काम गरेको हो ।






























