धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ
वि.सं.२०७५ पुस २० शुक्रवार ११:३६
5.5K
shares
shares

धादिङ । धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् । बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका उनीहरुलाई चार किलो सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनीहरु बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकलमा रहेको जनाए पनि प्रहरीले उनीहरुको नाम खुलाएको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































