बमजनको आश्रममा प्रहरीको छापाः भेटिएन् बमजन, कहाँ हराए त ?

5.75K
shares

 

रामबहादुर बमजन आफुलाई तपस्वी भएको प्रचार गर्दै आएका बाराका रामबहादुर बमजनको सिन्धुपाल्चोकको बाढेगाउँमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ।

उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो। अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरि सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो। प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए। उनले फरेन्सीक टिम र विज्ञ सहितको टोली खटाएर हराएका ब्यक्तिको खोजी सुरु भएको बताए।

‘मकवानपुरमा निवेदन आएपछि हामीले सिन्धुपाल्चोक आश्रममा छानबिन थालेका छौं,’ एसएसपी सुवेदीले भने ‘आवश्यक उपकरण र वित्र सहित टोली परिचालन भएको छ,।’

मकवानपुरका सन्चलाल वाईबा र फुलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको हो। हेटौडा उपमहानगरपालिकाका सन्चलाल वाईबाले २०७१ चैत्र १४ गते सिन्धुपाल्चोकको बाढेगाउँ आश्रमबाट छोरा महेन्द्र वाईबाको मोबाइलमा फोन गरे। ९८६०……१६ मा फोनगर्दै ५१ वर्षीय सन्चलालले आफु १५ गते घर आउने बताएका थिए।

अर्को दिन बुवा आउने प्रतिक्षामा बसेका महेन्द्र निरास भए। त्यसपछि बुवा आउनु भएन, नत उहाँको कुनै खबर नै आयो। महेन्द्र २०७२ बैशाख २८ मा सिन्धुपाल्चोक आश्रममा गएर सोधपुछ गरे। उनलाई सन्चलालले आश्रम छाडेको भनियो। कहाँ गए। कहिले गए। केही भनिएन्।

महेन्द्रले बुधबार बुवा हराएकाले खोजिदिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन्। सन्चलाल जस्तै सिन्धुपाल्चोक आश्रमबाटै फुलमाया रुम्बा पासाङ समेत हराएको भन्दै खोजिदिन भाई बिजय रुम्बाले निवेदन दिएका छन्। उनले दिदी सम्पर्क विहिन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन्।

उनको निवेदनमा भनिएको छ ‘करिब १० वर्षअघि नेवारपानी आश्रममा आनी बन्न जानुभएकी दिदी २०६८ मा बारा र त्यसपछि सिन्धुपाल्चोक जानु भएको थियो, २०७१ माघदेखि अत्तोपत्तो छैन।’

विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको थियो। उनले विजय बाहेक छरछिमेकीसँग समेत कुरा गरेकी थिईन। लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिँडेको जवाफ दिएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083