म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश , रिडिङ २–० गोलले पराजित

6.81K
shares

एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार बेलुका भएको खेलमा युनाइटेडले रिडिङलाई २–० गोलले हरायो ।

युनाइटेडको घरेलु मैदानमा भएको खेलमा टोलीलाई जिताउन हुवान माटाले २२औं मिनेटमा पेनाल्टी मार्फत सुरुवाती गोल गरेका थिए । रोमेलु लुकाकुले ४५औं मिनेटमा दोस्रो गोल गरे । त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । यससँगै युनाइटेडले अन्तरिम प्रशिक्षक ओली गनर सोल्स्कसायरको प्रशिक्षणमा लगातार पाँचौं जित हात पारेको छ ।

जोसे मोउरिन्होको बर्खास्तीपछि युनाइटेड उत्कृष्ट लयमा देखिएको छ । यसअघि प्रिमियर लिगमा चार खेलमा युनाइटेडले सानदार जित निकालेको थियो । प्रिमियर लिगमा बुधबारमात्र युनाइटेडले न्युक्यासल युनाइटेडलाई २–० गोलले हराएको थियो ।

यसैगरी एफए कप अन्तर्गत शनिबारनै भएका अन्य खेलमा ब्राइटनले बर्नमाउथलाई ३–१, बर्नलीले ब्रार्नस्लीलाई १–०, वेस्टब्रोमवीचले विगन एथ्लेटिकलाई १–० र वेस्टहाम युनाइटेडले बरमिङ्हाम सिटीलाई २–० गोलले हराउँदै चौथो चरणमा पुगेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083