बीपीएल : सिक्सर्समा सुरूवाती-११ मा पर्दै सन्दीपको डेब्यू
वि.सं.२०७५ पुस २२ आइतवार १३:२५
shares

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा डेब्यू गर्ने भएका छन्।
सिलेट सिक्सर्समा रहेका सन्दीप कोमीला भिक्टोरियन्सविरुद्धको खेलमा सुरूवाती ११ मा परेसँगै बंगलादेशमा जारी बीपीएलमा पहिलो खेलमै डेब्यु गरेका छन् । ढाकामा जारी खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ।
सन्दीपको टिमको कप्तानी अष्ट्रेलियाका पूर्व उप-कप्तान डेविड वार्नरले गरिरहेका छन्। तामिम इकवालले कोमिल्लामा कप्तानी गरिरहेका छन्। सन्दीपको टिम सिक्सर्समा वार्नरसँगै मोहम्मद इरफान, निकोलस पोरण, आलोक कपाली, लिटोन दास, सब्बिर रहमान, अल अमिन हुसेन, तास्किन अहमेद, अफिफ होसेन,तव्हिद हृदोय छन्।
इमरान ताहिर, नासिर हुसैन, आन्द्रे फ्लेचर जस्ता खेलाडी बेन्चमा राखेर सन्दिलाई मौका दिइएको छ। यता स्टार खलाडीले भरिएको कोमिल्लाको कप्तानी तामिम इकवालसँगै, अष्ट्रेलियाका पूर्व-कप्तान स्टिभ स्मिथ, शाहिद अफ्रिदी, इमरुल कायस, एविन लुईस, मेहदी हसन, सोएब मालिक जस्ता स्टार क्रिकेटर छन्।
विग ब्यासमा सूरुवाती ४ खेलमा सानदार प्रर्दशन गर्दै सन्दीपले ८ विकेट लिएका सन्दीपले सिक्सर्ससँग पहिला सम्झौता गरेको कारण विग ब्यास छोडेर विपिएल खेल्न गएका थिए ।
सन्दीपले विपिएल पनि आगामी २३ जनवरीसम्म मात्र खेल्नेछन्। त्सपछि नेपाल र युएईसँग हुने ओडीआई र टी–२० सिरीजका लागि दुबई प्रस्थान गर्नेछन्। त्यसपछि त्यतैबाट अष्ट्रेलिया फर्कन सक्नेछन्।









