निगमका महाप्रबन्धक कंसकारलाई कालोमोसो दलेको आरोपमा एक पक्राउ
वि.सं.२०७५ पुस २२ आइतवार १५:३८
5.71K
shares
shares

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी (मोहन वैद्य) समूहका भाृत संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य सुरेश तामाङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले चन्द्रागिरी–४, थानकोटबाट पक्राउ गरेको हो । गत शुक्रबार कंसाकारमाथि उनकै कार्यकक्षमा कालोमोसो दलिएको थियो ।
































