चुरोट छुटाउन पिँजडामा थुनियो मुख, चाबी श्रीमतीसँग मात्र

11.39K
shares

एजेन्सी । शीर्षक पढ्दै अनौठो लागेको हुनसक्छ । तर खबर सत्य हो । ४२ वर्षका टिर्किस नागरिक इब्राहिम युसलको टाउको मात्र पिंजडामा थुनिएको छ। अचम्मको विषय त, उनीसँग त्यो पिजँडाको साँचो पनि छैन। उक्त साँचो उनकी श्रीमतीले राखेकी छन्। खाना खाने बेला मात्र पिजँडा खोल्ने गरिएको छ।

इब्राहिम युसल धुम्रपानका अम्मली हुन्। यही बानी छुटाउनको लागि उनले आफ्नो शिरमा पिजँडाले घेरेका हुन्। उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्। उनलाई आफ्नो आत्मशक्तीमा विश्वास नलागेपछि यस प्रकारको कदम लिन बाध्य भएका हुन्।

युसल १६ वर्षको उमेरदेखि दिनमा दुई प्याकेट चुरोट सेवन गर्न सक्ने भएका थिए। युसलका पिताको फोक्सो क्यान्सरबाट निधन भए पछि भने उनले छोड्ने निणर्य गरेका थिए। सुरूमा, उनको परिवारलाई यस उपायले पनि उनी चुरोट सेवनबाट पार लाग्न नसक्नेमा शंका लागेको ‘रिपब्लिक वोल्र्ड’ लाई बताएका थिए। युसलमा यस लतमा निकै सुधार आएको पनि‘रिपब्लिक वोर्ल्ड’ उल्लेख गरेको छ।

उनलाई यस उपायका लागि प्रेरणा भने मोटरबाइकमा हेलमेटको प्रयोगको लागि संचालन हुन लागेको हेल्थ क्याम्पेनबाट यस्तो उपाय आएको बताए। चुृरोट आफ्नो मुखसम्म नपुगोस् भनि उनले आफ्नो टाउकोलाई घेरेका हुन्। चुरोट कै कारण, जापानस्थित टोकियोका केही कम्पनीहरूले चुरोट सेवन नगर्ने कर्मचारीहरूलाई ६ दिनको तलबी बिदा दिन थालेका छन्।

कम्पनीमा चुरोट सेवन गर्ने कर्मचारीहरूले दिनमा ४० मिनेट देखि १ घण्टाको ब्रेक लिने गरेका कारण यस प्रकारको ठोस कदम लिन कम्पनी बाध्य भएको हो। धुम्रपानमा निरुत्साह गर्ने अभिप्रायले यस प्रकारको ठोस कदम चलाएको कम्पनीका प्रवक्ताले जनाए।

यस कदमसँगै, ४२ धुम्रपान गर्ने कर्मचारी मध्ये ४ कर्मचारीले चुरोट सेवन गर्न छोडेका छन्। जापानमा प्राय कम्पनीहरूलाई चुुरोट सेवन गर्न कर्मचारीहरूलाई ब्यान्ड गरेका छन्। जापानमा चुरोट सेवन गर्नेको चाप उच्च रहेको छ। जापानमा, प्रत्येक ५ मध्ये १ युवा धुम्रपानका अलमी छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083