प्रहरीमा भर्ती हुन आएका युवकको घाँटी रेटेर हत्या
वि.सं.२०७५ पुस २८ शनिवार १२:५४
4.3K
shares
shares

नेपालगञ्ज । बाँकेको कोहलपुरमा एकजनाको हत्या भएको छ । सुर्खेत सिम्ताका दीपकसिंह ठकुरीको कोहलपुरमा हत्या भएको हो । प्रहरी हुन बाँकेमा आएका ठकुरीको शुक्रबार राति कोहलपुर बसपार्क नजिक खुल्लाचौरमा हत्या भएको हो । बसपार्कको पूर्वपट्टी रहेको खालीचौरमा ठकुरीको शव फेला परेको छ ।
२२-२३ वर्षका ठकुरीको चक्कुले घाँटी रेटेर हत्या गरिएको छ । बाँया आँखामा समेत चोट लागेको छ । ‘आधा घाटी रेटिएको छ’, बिहान घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक सुरेन्द्र पन्तले भने, ‘राति २ बजेतिर हत्या भएकोजस्तो देखिन्छ ।’
ठकुरी कहाँ बसेका थिए, राती खुल्लाचौरमा कसरी पुगे, उनीसँग को–को थिए लगायतका कुराहरु आफूहरुले खोजी गरिरहेको प्रहरीले बताएको छ ।































