चेल्सीका मिडफिल्डर फाब्रिगास मोनाकोमा अनुबन्ध

5.79K
shares

काठमाडौं । चेल्सीका मिडफिल्डर सेस फाब्रिगास फ्रेन्च लिग वान क्लब मोनाकोमा अनुबन्धित भएका छन् । सम्झौता अनुसार उनी साढे तीन वर्षसम्म मोनाकोमा रहने छन् ।

मोनाकोमा उनका साथी थिएरी हेनरी प्रशिक्षक छन् । हेनरी र सेस फाब्रिगास आर्सनलको टीममा रहँदा सँगै फुटबल खेल्ने साथी हुन् । उनले सन् २००३ देखि २०११ सम्म आर्सनलबाट ३०३ खेल खेलेका थिए । त्यसपछि उनी बार्सिलोना गए । सन् २०१४ मा भने उनी बार्सिलोना छाडेर चेल्सी आएका थिए र अहिले मोनाकोसँग सम्झौता गरेका छन् ।

फाब्रिगासले मोनाकोको खेल यात्रालाई ‘नयाँ परियोजना’ र ‘ठूलो सम्मान’ भनेका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083