महिला टी-२० स्मास क्रिकेट : नेपालको लगातार दोस्रो शानदार जित

4.3K
shares

काठमाडौं । महिला टी-२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो । मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाउँदा ममता चौधरी ९ रनमा अविजित रहिन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । सरिता मगरले ४ विकेट लिएकी थिइन् । शनिबारबाट थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083