फुल्चोकीको जंगलमा हराएका ४ किशोरीसहित १६ जना युवाको उद्दार
वि.सं.२०७५ पुस २९ आइतवार १३:१७
5.1K
shares
shares

काठमाडौं । प्रहरीले ललितपुरको गोदावरी–३, फुल्चोकीको जंगलमा हराएका १६ जना युवाको उद्दार गरेको छ ।
शनिबार साँझ फुल्चोकीको जंगलमा घुम्न गएका उनीहरुले हराएको भन्दै प्रहरी कन्ट्रोल १०० मा खबर गरेपछि उद्दार गरिएको हो । ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालका अनुसार उनीहरुलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोंचबाट उद्दार गरिएको थियो ।
उनका अनुसार ललितपुर परिसरसहित सातदोबाटो वृत्त र प्रहरी प्रभाग, बाडेगाउँसहितबाट गरी ७ वटा भिन्दाभिन्दै टोली खोजी तथा उद्दारमा परिचालित भएको थियो । उद्दार गरिएकामा ४ किशोरीसमेत छन् ।































