खेल्दा खेल्दै मृत्यु भयो यी क्रिकेटरको

7.06K
shares

नयाँदिल्ली (एजेन्सी) । गोवाको रणजी ट्रफी क्रिकेटर राजेश घोडगेको क्रिकेट खेल्दै गर्दा मैदानमै मृत्यु भएको छ । राजेश मारगोको राजेन्द्र प्रसाद स्टेडियममा खेलिरहेका थिए । खेल्दा खेल्दै उनलाई अचानक हटअट्याक भयो । त्यसै क्षण उनी मैदानमै ढले ।

यो घटना एक स्थानीय प्रतियोगिताका क्रममा भएको हो । राजेश ४७ वर्षका थिए र आइतबार दिउँसो तीन बजे यो घटा भयो । जतिबेला राजेशको मृत्यु भयो, त्यतिबेला उनी एमसीसी च्यालेन्जरका तर्फबाट एमसीसी ड्र्यागनविरुद्ध खेलिरहेका थिए ।

घटना हुँदा उनी ३१ रन बनाएर स्ट्राइकर इण्डमा थिए । प्रत्येक्षदर्शीका अनुसार राजेश अचानक मैदानमा ढलेका थिए । यसपछि उनलाई उपचारका लागि तुरुन्त इएसआई अस्पताल लगियो, जहाँ डाक्टरहरुले उनलाई बचाउने कोशिस गरे । तर, सफल भएनन् । फेरि उनलाई अलोपो अस्पताल लगियो, जहाँ डाक्टरहरुले उनलाई मृत घोषित गरे ।

राजेशले गोवाका लागि दुइ फस्र्ट क्लास म्याच खेलेका थिए । यसका ४ इनिंगमा उनले १९ को औसता ७६ रन बनाएका थिए । फस्र्ट क्लासमा उनको उच्च स्कोर २८ रन थियो ।

यस्तै उनले लिस्ट ए का ८ खेल खेलेका थिए । यसमा उनले १४।३७ को औसतमा ११५ रन बनाएका थिए । उसमा उनको उच्च स्कोर ६३ थियो । राजेश दायाँ हाते ब्याट्सम्यान थिए भने अफ स्पीन बलिंग पनि गर्थे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083