इरानमा बोइङ्ग विमान दुर्घटना
वि.सं.२०७५ पुस ३० सोमवार १३:०१
5.47K
shares
shares

काठमाडौं । इरानमा एक कार्गो बोइङ्ग विमान दुर्घटना भएको छ । बोइङ्ग ७०७ कार्गो विमान राजधानी तेहरानको कराज विमानस्थल नजिकै दुर्घटना भएको द सनले लेखेको छ । यो विमान बिस्केकबाट किर्गिस्तानको पायमका उडेको थियो । विमानमा १० जना सवार थिए । उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।
दुर्घटनापछि विमानमा आगो लागेको थियो । विमान दुर्घटनाको कारण खुलेको छैन । तर, स्थानीय मिडियाहरुले पाइलटले नियन्त्रण गुमाएकाले जहाज दुर्घटना भएको उल्लेख गरेका छन् ।

















