युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश

4.11K
shares

काठमाडौँ । नेपाल थाइल्याण्डमा जारी थाइल्याण्ड महिला टी-ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो खेल जित्ने क्रममा सोमबार युएईलाई ६ विकेटले हराउँदै नेपाल एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको हो।

युएईले दिएको १०६ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक ३७ रन बनाइन्। अर्की ओपनर काजोल श्रेष्ठले २५ रन बनाउँदा इन्दु बर्माले १३ रन जोडिन्। डोली भट्ट ७ रनमा एलबिडब्लुको धरापमा परिन्।

यस्तै कप्तान रूविना क्षेत्रीले अभिजित १० रन बनाउँदा नेरी थापा ६ रनमा नटआउट रहिन्। यसअघि बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन बनाएको थियो।

युएईका लागि छाया मुगालले ३१ तथा इशा ओजाले २८ रन बनाउँदा चमानी सिनेभिरात्ने अविजित २३ रन जोडेकी थिइन्। नेपालकी सोनु खड्का, सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिएका थिए। यो सँगै लगातार तेस्रो खेल जितेको नेपाल सेमिफाइनलमा पुगेको छ।

पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसिया ६ विकेटले पराजित भएको थियो। नेपालले अब समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्नेछ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083