थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै नेपाल समूह विजेता

5.89K
shares

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराएको छ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पुरा गर्‍यो। नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापाले ५ र डोली भट्टले २ रन बनाए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली नेपाली बलरसामू निरिह बन्दै १९ रनमा समेटिएको थियो। थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले २-२ विकेट लिँदा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले १-१ विकेट लिए।

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक ४ रन बनाइन्। नेपालले अतिरिक्तबाट ५ रन दिएको थियो।थाइल्याण्डका ५ खेलाडी शून्यमा आउट भए। यो सँगै लगातार चार खेलमा जित निकालेको नेपाल समूह विजेताको रूपमा समिफाइनला पुगेको छ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका थिए। समूह उपविजेताका रूपमा युएई सेमिफाइनलमा पुगेको छ। जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले चारै खेलमा जित हात पार्दै ८ अङ्क जोडेको छ । युएईले चार खेलबाट ६ अङ्क जोडेको छ।

शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो। आइतबारको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो। सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083