जमीन, हावा, समुन्द्र र अन्तरिक्षमा आक्रमण गर्ने सेना बनाउँदै चीन
वि.सं.२०७५ माघ २ बुधवार १३:२३
shares

वाशिंटन। अमेरिकाको एक इन्टिेलिजेन्स अफिसरले चीनले जमीन, हावा, समुन्द्र र अन्तरिक्ष तथा साइबारस्पेसमा आक्रमण गर्नकालागि उच्च क्षमता भएको सेना बनाउँदै गरेको दाबी गरेका छन्। ती अफिसरका अनुसार चीनले चाँडै उक्त क्षेत्रमा सेना तैनाथ गर्नेछ। उनले चीनले आफूलाई सबैभन्दा शक्तिशाली बनाउन लागि परेको दाबी गरेका छन्।
वाशिंटनमा पेन्टागन न्युज कन्फ्रेन्समा वरिष्ठ डिफेन्स इन्टिेलिजेन्स एनालिस्ट डन टेलरले चीनले अनदको खाडीमा समुन्द्री लुटेरा विरुद्ध लड्नकालागि आफ्नो सेना पठाएको दाबी गरेका छन्। त्यसबाहेक चीनले पूर्वी र दक्षिण चीन सारमा पनि सेनाको संख्या बढाउँदै लगिरहेको उनले दाबी गरेका छन्। चीन पीपुल्स लिबरेशन आर्मी ९पीएलए० को प्रयोग शक्ति प्रदर्शन गर्ने उपकरणका रुपमा गर्न चाहन्छ।
अमेरिकी विश्लेषकका अनुसार पीएलएलाई उपकरण र क्षमतामा पनि सुसज्जित बनाइएको छ। विश्व सुरक्षालाई ध्यानमा राख्दै युद्ध लड्ने क्षमतालाई बढाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। टेलरका अनुसार भविष्यमा परमाणु उर्जा, साइबरस्पेश, अन्तरिक्ष र इलेक्ट्रोम्याग्नेटिक स्पैक्ट्रम पीएलएको क्षमताको मुख्य घटक बन्ने छन्।
त्यस बाहेक चीन गैर–युद्धक क्षेत्र जस्तै मानव सहयोग, विपद व्यवस्थापन, शान्ति मिशनकालागि पनि क्षमता वृद्धि गर्दैछ। एक रिपोर्टका अनुसा चीन मध्यम र लामो दूरीको स्टीलथ बाम्बर्स पनि बनाउँदैछ। यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय देशलाई आफ्नो बसमा पर्न सहयोग पुर्याउँछ। २०२५ सम्म यस्ता विमान अपेशनमा आउने बताइएको छ।































