बाजुरामा गोठमा मुख थुनेर १२ वर्षीया बालिकाको बलात्कार
वि.सं.२०७५ माघ २ बुधवार १५:४९
6.05K
shares
shares

बाजुरा । १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका ८ का ४७ वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घर नजिकैको भैँसीको गोठमा भैँसीलाई दिउँसो घाँस र पानी खुवाउन गएको समयमा मुख छोपेर बालिकामाथि बलात्कार गरेको प्रहरीमा परेको जाहेरीमा उल्लेख गरिएको छ । मुख छोपेर चिच्याइ कराइ गरे वा कसैलाई भने मार्ने धम्की दिएर बलात्कार गरेको बालिकाले बताइन्।
बालिकाको जिल्ला स्वास्थ्य कार्यलयमा स्वास्थ्य परीक्षण गरिएको बाजुरा प्रहरी प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी दिए। पीडक दलबहादुर थापाले जबरजस्ती करणी नभएर सहमतिमा यौन सम्पर्क भएको बताएका छन्।
































