आचरणविरुद्ध काम गरेको भन्दै दुई खेलाडीलाई कारवाहीको माग

4.49K
shares

काठमाडौँ । थ्री स्टार क्लबले दुई विदेशी खेलाडीलाई आचरणविरुद्धको काम गरेको भन्दै कारवाहीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फामा)मा निवेदन दिएको छ। लामो समयदेखि थ्रीस्टारमा रहेका विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टीनलाई कारवाहीको माग गर्दै एन्फामा निवेदन दिएको क्लबले जनाएको छ। हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगको दौरान अनुशासनविपरीत काम गरेको भन्दै थ्री स्टारले कारवाहीको माग गरेको हो।

खेल्ने समयमा टीममा नआएका र पुरस्कार वितरणलगायतका कार्यक्रममा समेत उपस्थित नभएको बताउँदै क्लबले कारवाहीको सिफारिश गरिएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए। नाइजेरियन खेलाडी पिटर लामो समययता थ्री स्टारको सेन्टर डिफेन्डसको भूमिकामा रहँदै आएका छन् भने मार्टिन मुख्य स्ट्राइकरका रुपमा छन्। लिगको समय पिटर र मार्टिनले मोफसलका प्रतियोगितामा अन्य क्लबबाट सहभागिता जनाएको प्रमाण प्राप्त भएपछि थ्री स्टार दुवै खेलाडीलाई कारवाही गर्ने निर्णयमा पुगेको हो। छानविन गर्न अनुशासन कमिटीलाई निर्देशन दिइएको र केही दिनभित्र निर्णय हुने महासचिव तुलाधरले बताए। रासस


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083