सिराहामा प्रहरीले गोली चलायो, एक पेस्तोलधारी पक्राउ

6.77K
shares

काठमाडौं । सिराहाको सुकचैना–१५ स्थित मार्डरमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई फलो गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

सिरहाको बोर्डर नजिकै मार्डर भन्ने स्थानमा प्रहरीको गोली लागेर स्थानीय प्रमोद यादव घाइते भएको दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिए । ‘आपराधिक गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले प्रमोद यादवलाई केही दिनदेखि फलो गरिरहेको थियो’ डिआईजी पालले भने, ‘शुक्रवार अचानक जम्काभेट हुँदा प्रहरीमाथि आक्रमणका प्रयास भएपछि जवाफी कारवाही गरिएको हो ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार प्रहरीले प्रमोद यादवको साथबाट एक थान पेस्तोल बरामद गरेको छ । प्रहरीको गोली लागेर सामान्य घाइते भएका यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिराहातर्फ लगिएको छ ।

प्रमोद यादव सिराहा नगरपालिका–९ ठेङ्गीका स्थायी बासिन्दा हुन् । उनको दायाँ हातमा गोली लागेको एसपी श्रेष्ठले बताए । नेपाल भारत सिमानामा हतियार कारोबार गर्ने गिरोहमा संलग्न रहेको सुचनाका आधारमा प्रहरीले उनको गतिविधि नियालिरहेको बताइएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083