ललितपुर मालपोतका नायब सुब्बा घुससहित रगेंहात पक्राउ

4.26K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर मालपोत कार्यालयका नायब सुब्बा कुमारबहादुर राजभण्डारीलाई ६ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यले जग्गा हाल साविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई नायव सुब्बा कुमारबहादुर राजभण्डारीको कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083