अब भारतले अन्तरिक्षमा कुकुरको साटो रोबोट पठाउने
वि.सं.२०७५ माघ ७ सोमवार ११:११
4.9K
shares
shares

काठमाडौँ । भारतीय वैज्ञानिकहरुले अन्तरिक्षमा अब जनावारको साटो रोबोट पठाउने भएका छन्। भारतीय अन्तरिक्ष एजेन्सी इसरोले अन्तरिक्षमा परीक्षण गर्न कुकुर र बाँदर नभई रोबोट पठाउने तयारी गरेका छन्।
अन्तरिक्षमा परीक्षणका लागि अन्य देशहरुले कुकुर तथा बाँदर लगाएतका जनावरहरु पठाईरहेका बेला भारतीय अन्तरिक्ष एजेन्सीले भने रोबोट पठाउने निर्णय गरेको हो।
हाल भारतले सन् २०२१ सम्ममा अन्तरिक्षमा मानव पठाउने योजना गरिरहेको छ। त्यसैको तयारीका लागि सुरुमा यन्त्र मानव पठाउन लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। अहिलेसम्म विश्वका ३ देशले मात्रै अन्तरिक्षमा मानव पठाउन सफल भएका छन्।
































