अखिल क्रान्तिकारीका सचिवमाथि कुटपिट गर्ने लामा पक्राउ
वि.सं.२०७५ माघ ९ बुधवार १६:१४
4.45K
shares
shares

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सचिव नारायण खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले काभ्रेका संग्राम लामालाई पक्राउ गरेको छ ।
बुधबार महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले लामालाई पक्राउ गरेको हो । सचिव खनाललाई अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयबाट फर्किदै गर्दा सोमबार बेलुका लामाले कुटपिट गरेका थिए । पक्राउ परेका लामामाथि थप आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।































