बुर्टनलाई १०-0 गोलअन्तरले पराजित गर्दै सिटी काराबाओ कपको फाइनलमा
वि.सं.२०७५ माघ १० बिहीवार १२:४९
shares

काठमाडौं । म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा बुर्टन अल्बियोनलाई सेमिफाइनलको दोस्रो लेगमा १-० गोलअन्तरले पराजित गर्दै सिटी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । सिटीले पहिलो लेग र दोस्रो लेग गरी समग्रमा १०-० गोलअन्तरको फराकिलो जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
दोस्रो लेगमा पनि सिटीलाई जित दिलाउनका लागि सर्जियो अगुइरोले गोल गरे । खेलको २६औं मिनेटमा नै गोल गर्दै अगुइरोले सिटीलाई अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै गोल गरेको सिटीले पहिलो हाफसम्म बुर्टनलाई १-० गोलले पछि पारेको थियो ।
खेलको दोस्रो हाफमा सिटीले गोल गर्ने भन्दा पनि रक्षात्मक रणनीति अपनाएको थियो । दुबै टिमले गोल गर्न नसकेपछि सिटीले बुर्टनलाई १-० गोलअन्तरले पराजित गरेको हो ।
सिटीले अब उपाधिका लागि चेल्सी र टोटनहृयामबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल २४ फेब्रुअरीमा हुदैछ ।






























