रियाल मड्रिड विश्वको सबैभन्दा धनी क्लबमा घोषित

8.07K
shares

एजेन्सी । विश्वका सबभन्दा धनी २० फुटबल क्लबको सूचीमा रियाल मड्रिड ७५ करोड ९ लाख युरो कमाई गरेर म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेड तेस्रो स्थानमा झर्दा बार्सिलोना दोस्रो स्थानमा उक्लिको छ । सबभन्दा धनी क्लबको सुचीमा शीर्ष दुई स्थानमा स्पेनकै क्लब रहेको यो २०१४–१५ को सिजनपछि पहिलो पटक हो ।

सिजन २०१७–१८ मा आधारित भएर फुटबल मनी लिगले निकालेको तथ्यांकअनुसार शीर्ष २० क्लबको जम्मा आम्दानी ६ प्रतिसतले बढेर कीर्तिमानी ८ अर्ब ३ करोड युरो पुगेको छ । शीर्षताको सुचीमा इङलिस प्रिमियर लिगका मात्र ६ क्लब शीर्ष १० मा परेका छन् । जुन आफैमा अर्को कीर्तिमान हो ।

शीर्ष पाँचमा जर्मनीको बायर्न म्युनिख र इङल्यान्डको म्यानचेस्टर सिटी पनि परेका छन् । पेरिस सेन्ट जर्मन, लिभरपुल, चेल्सी, आर्सनल र टोटेनह्याम शीर्ष १० मा छन् । टोटेनह्याम भने शीर्ष १० मा परेको दोस्रो पटक हो । यसअघि टोली २००६–०७ को सिजनमा यति माथि थियो ।

इङलिस प्रिमियर लिगका क्लबमध्ये एभर्टन १७औं स्थानमा रहँदा न्युक्यासल १९ तथा वेस्ट ह्याम २०औं स्थानमा छन् ।


divya collage
unigloble collage