आयुष्मान र शिल्पाको ‘सानो मन’ को शुभ मुहूर्त

4.43K
shares

काठमाडौँ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने फिल्म ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ।केही दिन अगाडि राजधानीमा एक कार्यक्रमकाबीच घोषणा गरिएको फिल्मको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो।

मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ। काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन(कट रहनेछ। म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निभाउनेछन्। फिल्मका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन्।

फिल्म ओ।पि।जी। फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरको तल बन्नेछ । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । आलोक शुक्लाले फिल्म खिच्नेछन् ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । फिल्ममा सुयोग सोताङको संगीत रहनेछ । निर्देशक गुरुङ ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083