गगन थापालाई अखिलका महासचिव महरको चुनौति मुठभेड गर्ने भए त्रिचन्द्रमा आउनुस्
वि.सं.२०७५ माघ ११ शुक्रवार १४:४१
shares

काठमाडौं । अनेरास्ववियुका महासचिव ऐन महरले नेपाली कांग्रेसका नेता गगन थापालाई मुठभेड गर्ने भए त्रिचन्द्र कलेजमा आउन निम्तो दिएका छन । शुक्रबार सामाजिक सञ्जालबाट महासचिव महरले कांग्रेस नेता थापालाई संसद मुठभेड गर्ने थलो नभएकाले त्रिचन्द्रमा आउन आग्रह गरेका हुन ।
महरले आफ्नो फेसबुकमा लेखेका छन, नेपाली जनताको ७० बर्ष भन्दा बढिको संघर्ष र बलिदानी बाट प्राप्त संबिधान सभा बाट झण्डै ९०५ भन्दा बढिको बहुमतबाट पारित जनताको संबिधानले ब्यबस्था गरिएको जननिर्वाचित संसदको गरिमा कायम गर्नु सबै लोकतान्त्रिक शक्ति र लोकतन्त्रमाथी बिश्वास गर्ने हामी सबैको कर्तब्य हो । संसदमा नीति निर्माण सम्बन्धी बहस छलफल प्रक्रियागत रुपमा हुनु पर्छ।
उनले अघि लेखेका छन कुनै पनि अवस्थामा संसदमा विधि पद्धती भन्दा बाहिर गएर प्रक्रिया लाई आत्मसाथ नगरिनु लोकतान्त्रिक मान्न सकिँदैन। बाहुबलिको प्रयोग गर्नु मुठभेड सिर्जना गर्नु घोर अलोकतान्त्रिक चिन्तन हो । त्रिचन्द्र क्याम्पसका पुर्व स्ववियु सभापती, नेवि संघका पुर्व महामन्त्री माननीय गगन थापाले(जो लोकतन्त्रको गित गाएर थाक्दैनन) संसदमा मुठ्भेड गर्ने दादागिरी चलाउने भन्नू भएछ।
म माननीय गगन थापालाई अनुरोध गर्न चाहन्छु – संसद मुठ्भेड गर्ने थलो होइन । तपाइको नानी देखि को बानी नै हो मुठ्भेड रुचाउने। तपाईलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ अनेरास्ववियु का कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन २०५५ सालमा तपाईं स्ववियु सभापती भएको क्याम्पसमा। महरले विगतमा थापाले त्रिचन्द्रमा गरेको भ्रष्टाचार खोज्ने पनि बताएका छन । उनले अघि लेखेका छन
संसदमा नीति निर्माण गर्न दिनुस, आउनुस त्रिचन्द्र क्याम्पसमै वा रत्नपार्क भन्नू हुन्छ या खुल्लामञ्छ त्यतै मुठ्भेडको अभ्यास गरौं। अनि त्यो बेलाको तपाईले बनाएको एक लाख डल्लरको बगैंचाको पनि हिसाब किताब गरौंला जबकी आजको १८ बर्ष अगाडि त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो र १ डलरको भाउ ७५ नेपाली थियो। बाँकी ६४ लाख तपाईं संग असुल्नु पर्ने नै छ।





























