कांग्रेस सांसदले नाराबाजी गर्दा देउवा उभिए मात्र

4.85K
shares

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना नेताको नाममा स्थापना भएका अस्पताल वर्तमान सरकारले खारेज गर्न लागेको भन्दै लगातार प्रतिनिधिसभाको बैठक अवरोध गर्दै आएको छ। शुक्रबार पनि कांग्रेसले यही माग राखेर संसद अवरुद्ध गर्यो। सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिए।

उनले पनि यसअघि जस्तै आफ्ना नेताहरुको नाममा खोलिएका अस्पताल वर्तमान सरकारले खारेज गर्न लागेको भन्दै सरकारले आफ्नो निर्णय नसच्चाएसम्म संसद बैठक चल्न नदिने बताइन्। उनले यति भनेपछि कांग्रेस सांसद रोष्टम घेर्न गए। उनीहरुले सरकार विरुद्ध नाराबाजी गरे।

 

 

 

कांग्रेसका सबै सांसद उठेर रोष्टम घेर्न पुग्दा कांग्रेस संसदीय दलका नेता एव प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने आफ्नो सिटमा उभिए मात्र। उनी न अन्य सांसद भएको ठाउँमा गएन न नाराबाजी नै गरे। देउवा आफ्नो सिटमा उभिएर विरोध मात्र जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083