आमाको काखमा स्टार स्ट्राइकर ‘नेइमार’
वि.सं.२०७५ माघ २० आइतवार १३:४२
shares

काठमाडौँ । स्टार स्ट्राइकर नेइमार अहिले गोडामा लागेको चोटका कारण मैदान बाहिर छन् । फ्रेन्च कप अन्तर्गत गएको जनवरीमा भएको खेलको क्रममा उनी चोटग्रस्त भएका हुन् र १० हप्ताका लागि मैदान बाहिर छन् ।
उनी मैदान बाहिर रहेकै बेला एउटा फ्रान्सेली रेडियोले गरेको सर्वेक्षणमा ८४ प्रतिशतले नेइमारले विपक्षी खेलाडीलाई उक्साउने गरेको ठान्ने गरेको देखायो । नेइमारको क्लब पिएसजीले यसप्रति आक्रोससहितको प्रतिक्रिया दियो ।

नेइमार भने अहिले चोटबाट मुक्त हुने प्रयासमा छन् र परिवारसँग समय बिताइरहेका छन् । उनले गोडाको चोटबाट फिट हुन कडा परिश्रम गरिरहेका छन् । यस्तै नेइमार आमा नादिया सान्तोस तथा परिवारका अरु सदस्यसँग समय बिताइरहेका छन् ।
não importa o tempo que passe, colo de mãe é sempre colo de mãe ❤️🙏🏽 pic.twitter.com/IFW1rA5erm
— Neymar Jr (@neymarjr) February 2, 2019
नेइमारले शनिबार बेलुका आफ्नो ट्वीटरमा आमासँगको तस्बिर पोष्ट गरे । उनी आमाको काखमा रहेको तस्बिरमा देखिन्छ ।
नेइमारले तस्बिरको क्याप्सन लेखेका छन्, ‘जति समय बितोस्, आमाको काख भनेको जहिले उस्तै रहन्छ ।’ उनले आमाको काख जहिले प्रिय हुने संकेतका इमोजी पनि समेटेका छन् । पहेँलो लुगामा रहेका नेइमार आमा नादियाको काखमा सुकुनमा देखिएका छन् ।
चोटग्रस्त नेइमारले पिएसजीबाट च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ मा म्यानचेस्टर युनाइटेडसँगका दुवै खेल गुमाउने छन् ।
नेइमारले चोटबाट निको हुन गरेको कडा परिश्रमको भिडियो पनि सार्वजनिक भएको छ । नेइमारमाथि सानो ट्याकलमा पनि लड्ने गरेको र सानो चोटमा पनि ठूलो प्रतिक्रिया दिने गरेको आरोप लाग्न छोडेको छैन । तर उनी भने चोटका कारण मैदान बाहिर छन् ।










