साढे ३३ किलो सुन प्रकरण : हरिशरण खड्का दुबईबाट पक्राउ

4.85K
shares

काठमाडौँ । साढे ३३ किलो सुन तस्करीमा संलग्न फरार अभियुक्त दुबईमा पक्राउ परेका छन् । सुन तस्करीमा संलग्न भएको आशंकामा प्रहरीले हरिशरण खड्कालाई दुबईबाट पक्राउ गरिएको हो ।

खड्का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीसँगै गत पुसमा केन्द्रीय अनुसन्धान व्युरोले समातेको ३३ किलो सुन प्रकरणमा समेत जोडिएका व्यक्ति हुन् । खड्काविरुद्ध रेड नोटिस जारी भएको थियो । खड्का झण्डै १४ वर्षअघि कामदारमा रुपमा दुबई पसेका थिए ।

‘हाम्रो टोलीले खड्कालाई पक्राउ गरिसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल ल्याउने तयारी भइरहेको छ’, स्रोतले भन्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083