अनुप र मालाको प्रेम दर्शाउदै ‘पुरानो बुलेट’ को ट्रेलर सार्वजनिक

5.08K
shares

काठमाडौँ । चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक भएको छ। क्रेजी इन्टरटेन्मेन्ट प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई भिषण राइले निर्देशन गरेका हुन्। चलचित्रमा अशोककुमार राई, टिकाराम राई, विरेन शम्बा र दिपेन लिम्बुको लगानी छ।

अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा हरि लामाको छायांकन छ। यो चलचित्रको मुख्य भूमिकामा नायक अनुप विक्रम शाही र नायिकाद्धय माला लिम्बु र बर्षा सिवाकोटीलाई देख्न सकिन्छ। अनुपको जिन्दगीमा प्रवेश गर्ने २ यूवतीको कथामा चलचित्र तयार भएको छ। यो चलचित्र चैत्र १ गतेबाट रिलिज हुँदैछ।

चलचित्रको ट्रेलर नायक अनुपविक्रमको वरिपरी घुमेको छ। अनुपलाई केही फरक गेटअपमा प्रस्तुत गरिएको चलचित्रमा माला हट अवतारमा देखिएकी छिन् बर्षालाई सोझी यूवतीको भूमिकामा देख्न सकिन्छ। चलचित्रको ट्रेलर औषत छ।
हेर्नुहोस् ट्रेलर :


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083