थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार

4.43K
shares

बैङ्कक। थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो।

थाईल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन हुने तय भएको छ। निर्वाचन आयोगले दिएको अन्तिम नामावली अनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन्।

फेब्रुअरी महिनाको सुरुमा निर्वाचन आयोगमा उम्मेदवारीका लागि कुल ११ हजार १८१ जनाले निवेदन दिएका थिए। उनीहरु मध्येबाट छानविन गरेर दश हजार ७९२ जना भएका हुन्। निर्वाचन आयोगले उम्मेदवारीका लागि निवेदन दिएका मध्ये ३८९ जनालाई अयोग्य घोषणा गरेर निवेदन खारेज गरिएको जनाएको छ।

थाईल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन्। तर हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी कुल पाँच सय जना सांसद निर्वाचन हुने व्यवस्था रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083