अर्बौ घोटाला गर्दा पनि उन्मुक्ति,राज्यले डण्दहीनतालाई अन्त्य गर्न नसकेकै हो त?

6.63K
shares

काठमाडौं । अर्वौ भ्रष्टाचार गर्नेहरुका लागि केही करोड रुपैंया धरौटी राखेर उम्कन पाउने। यस्तो छिद्र भए पछि ट्रान्सपरेन्सी इन्टरनेशनलको तथ्यांकमा मात्र होइन हरेक कोणबाट नेपाल भ्रष्ट मुलुक बन्ने भयो। किनकी हामीकहाँ भ्रष्टचारीहरुलाई कस्ने खालको कडा कानुन नै छैन। कानुनी छिद्रको माध्यमबाट एक पछाडि अर्को ‘ठूला माछा’ उम्किरहेकै छन्। यसैले भनिएको हुनुपर्दछ हाम्रो देश नेपाल भ्रष्टाचारीहरुका लागि स्वर्ग नै बन्यो।

सार्वजानिक पदमा रहँदा अरबौं रकम अनियमितता गरेकाहरु केही करोड रकम धरौटी बुझाएर जेलबाट निस्कन थालेका छन्। ती पनि यस्ता भ्रष्टहरुका लागि बैंकहरु नै जमानत बसिदिने। विशेष गरी यो मामलामा नेपाल इन्भेष्टमेन्ट,सिटिजन्स,सनराइज लगायतका बैंक बदनाम छन्। जस्तो गोपाल खड्का,विक्रम बहादुर पाण्डेदेखि चुणामणि शर्माहरु। जस्ले सार्वजानिक ओहदामा रहँदा अर्वौ रकम अनियमितता गरी आर्जित गरे।

भ्रष्टाचारको मुद्धा लाग्यो। निलम्बन भए र जेल पनि गए। तर केही करोड रकम धरौटी बझुाएर रिहा हुन थालेका छन्। भर्खरै धरौटीमा रिहा भए गोपाल खड्का। उनी नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा १८ करोड ६६ लाख बराबर भ्रष्टाचार गरेको आरोप लागेका थियो। उनी २ करोड ५० लाख धरौटी बुझाएर विशेष अदालतबाट छुटेका छन्। उनले अनियमितता गरी आर्जित सम्पत्तिले राजधानीमै चार वटा बंगला ठडाएका छन्।

०६९ सालयतामात्रै ३ वटा घर बनाइसकेको देखिएको छ भने थप २ वटा घर खरिदका लागि आंशिक भुक्तानीसमेत दिइसकेको अख्तियारको अनुसन्धानले देखाएको छ। यस्तै अर्को भ्रष्टचारी व्यक्ति हुन पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका साहु विक्रम बहादुर पाण्डे। जस्ले राष्ट्रिय गौरबको आयोजना सिक्टामा २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ बराबरको अनियमितता गरेको अख्तियारको ठहर छ। तर उनी पनि जम्मा चार करोड धरौटी बुझाएर छुटेका हुन्। यस्तै अर्कौ भ्रष्ट व्यक्ति हुन चुणामणी शर्मा।

जो आन्तरिक राजस्व विभागका हाकिम हुँदा ४ करोड २९ लाख ५४ हजार १ सय २४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले मुद्धा दायर गरेको थियो। तर उनी पनि जम्मा ४५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। यस्तै नहोला भन्न सकिन्न अख्तियारका आयुक्त राजनारायण पाठकको हकमा पनि। घूस खान्या र घूस दिन्या दुबै राष्ट्रका शत्रु हुन्। यो पृथ्वीनारायण शाहको् दिव्योपदेश। अहिले चर्चामा छ ७४ लाख घुस प्रकरण। यो प्रकरणमा परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन्।

उसो हो भने उनलाई घूस खुवाउने लम्बोधर न्यौपाने को हुन् ? यो प्रकरणमा राजनारायण जति दोषी छन् त्यो भन्दा कम सजायका भागीदार छैनन् लम्बोदर। के उनीलाई चाहिँ कारवाही हुनुपर्दैन ? नेपाल इन्जिनियरिङ कलेजका संस्थापक सञ्चालक हुन लम्बोदर कुमार न्यौपाने। उनको पनि भ्रष्ट र कुनियत बाहिर सार्वजानिक भइसकेको छ। कलेजभित्र झण्डै ३१ करोड बढी अनियमितता गरेका यिनै लम्बोदकारविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।

आफ्ना काला कर्तुतहरु पर्दाफास भएसँगै र कारवाहीबाट जोगिन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई पटक पटक गरी ७८ लाख घुस खुवाएका थिए। न्यौपानेले अख्तियारका आयुक्त पाठकलाई नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाई दिने नाममा गत भदौंमा दुई पटक गरी ७८ लाख रुपैंया घूस खुवाएका थिए। यो प्रकरण बाहिरिएसँगै अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट दिएको राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ।

अख्तियारमा रहेर आफैले घूस लिएको सार्वजनिक भएपछि पाठकविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा उनी राजीनामा दिएर बाहिरिएका छन्। यता राजीनामा पछि पाठकले आफ्ना निकटस्थहरुसँग घूस लिनुलाई आफ्नो जीवनकै ठूलो गल्ती भएको बताउन थालेका छन्। यता लम्बोदर न्यौपानेले २०७० सालदेखि ०७४ सालसम्म ४ वर्षको अवधिमा कलेजको ३१ करोडभन्दा बढि रकम नितीगत भ्रष्टाचार गरेको फेला परेको छ।

नेपाल इन्जिनियरिङ कलेजको वार्षिक अडिट रिपोर्टमा २३ करोड बढिको खर्च खुल्न नसकेको उल्लेख छ। अडिट रिपोर्टमा २३ करोड १ लाख २३ हजार ४ सय ४३ रुपैंया ५१ पैसा विना विल भौचर, ब्यक्तिगत रुपमा अपचलन गरेको उल्लेख गरेको छ। तत्कालिन समय कलेजको अध्यक्ष भएको हैसियतले लम्बोदर न्यौपानेको ठाडो निर्देशनमा कामै नगरी विभिन्न ब्यक्तिलाई लाखौं भुक्तान गरिएको छ।

कलेज स्रोतका अनुसार त्यसबेला कलेजका सञ्चालक र विभिन्न ब्यक्तिका नाममा करोडौं बेरुजु देखिएको छ। तत्कालिन अध्यक्ष लम्बोदर न्योपानेका नाममा अत्याधिक बेरुजु देखिएको छ। र कतिसम्म भने यिनै लम्बोदर कुमार न्यौपानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई घुस खुवाएर आफैँले भिडियो सार्वजनिक पनि गराएको चर्चा अहिले अख्तियारतिर सुन्न पाइन्छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ ले घुस लिने व्यक्तिलाई विगो बमोजिम जरिवाना गर्नुपर्ने भनेको छ। उक्त दफामा ५० लाख देखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ वर्ष देखि ८ वर्षसम्मको कैद हुने पनि भनिएको छ। यही ऐनको उपदफा २४ मा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक निकायका पदाधिकारीले घुस लिएको प्रमाणित भए थप तीन वर्षसम्म कैद सजाय पाउने उल्लेख छ।

अख्तियारको आयुक्त हुँदा उनले घुस लिएको प्रमाणित भए यी दुवै व्यवस्था अनुसार ९ देखि १२ वर्षसम्म कैद र ७८ लाख नै जरिवाना तिर्नुपर्ने छ। त्यसमाथि उनले घूस लिएको रकम बराबरको सम्पत्ति जफत हुने उल्लेख छ। पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घूस खाएका थिए। यस्तै भ्रष्ट व्यक्तिहरुसँग घूस खाएर पाठकले ववरमहलमा साढे तीन करोडभन्दा माथिको बंगला ठडाएका छन्।

कलेजको करोडौ रकम लुट गरेर लम्बोधर न्यौपानेले धुम्वाराहीमा अलिसान महल उभ्याएका छन्। हेर्न बाँकी छ,घूस खाने राजनारायणलाई केही कारवाही हुन्छ वा हुन्न रु प्रश्न उठिरहेकै समयमा सहसचिवको नेतृत्वमा ३ सदस्यीय छानविन टोली गठन गरेको छ। हिजो बसेको बैठकले सहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083