राशीअनुसार तपाईको आजको भाग्य होर्नुहोस-आजको राशीफल

4.29K
shares

काठमान्डौ। बि.स.२०७४ भाद्र ०१ गते,बिहिबार । ईश्वी सन् २०१७ अगष्ट १७ तारिख। नेपाल सम्बत् १९३७

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवामा जनताको दबाबमुलक समर्थन रहनेछ। बिद्यामा राम्रै प्रगति भएर जानेछ। बोलिको गलत अर्थ लगाई बिरोधिहरुले आफ्नो स्वार्थ पुरा गर्न खोज्नेछन् ध्यान दिनुहोला। पति पत्निबिच अबिश्वासको बाताबरण सिर्जना हुनको साथै गोपनियता भङग हुँन सक्छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आटेका तथा सोचेका कामहरु समयमा नबन्दा महत्वपुर्ण अवसरहरु गुम्ने खतरा रहेकोछ । आफन्त तथा पारिवारिक सम्बन्धमा केहि खटपट हुँनेछ। व्यापार व्यावसायमा नाँफा कमाउँन अलि बडी संघर्ष गर्नु पर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा बढिनै मेहनेत गर्नुपर्नेछ। राजनिति तथा समाजसेवामा बढिनै समय खर्चिनु पर्नेछ। मान सम्मान तथा ईज्जत प्रतिश्ठामा केहि कमिको अनुभव हुँनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाँफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ। सन्तुलित व्यावहार गर्न नसक्दा आफन्तहरु तपाईदेखि टाडिनेछन्। माया प्रेममा अबिश्वास तथा पति पत्नि बिच मनमुटाब बड्नेछ। राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बैदेशिक लगानि तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट राम्रै आम्दानि हुँनेछ। आर्थिक अभाबले गर्दा कामहरु समयमा सम्पन्न नहुने हुँदा मानशिक तनाब बढ्नेछ। बिद्यामा सफलता पाउन निकैनै मुश्किल पर्नेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधन तथा भौतिक सामानहरु प्राप्तिको योग रहेको छ। बिद्या तथा प्रतिश्पर्धामा तपाईकै जित हुँनेछ। माया प्रेम तथा पति पत्नि बिच बिश्वासको बाताबरण बढेर जानेछ। आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्नेछन्। मध्यान्पछिको समय मध्ययम रहेकोले स्वास्थ्यमा सामान्य खराबी आउँन सक्छ ध्यान दिनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा गरिएको लगानि बाट लाभ लिनको लागि बढिनै संघर्ष गर्नु पर्नेछ। समयमा काम नहुँने तथा काम बिग्रने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिएर काम गर्नुहोला। मध्यान्हबाट समय राम्रो भएकोले पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा आम्दानि कम हुँनेछ। मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । बुवा तथा बुवा सरहका मानिससँग बिवाद बड्ने योग रहेकोछ।काम गर्दा ख्याल गर्नुहोला राज्जलाई जरिवाना तिर्नुपर्ने तथा गलत आक्षेप लाग्न सक्छ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ। पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ। माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) वादबिवाद तथा प्रतिश्पर्धामा आफ्नो उपश्थिति नजनाउँनु नै उत्तम रहेकोछ न्यायिक निर्णयहरु तपाईको पक्षमा हुँने छैनन् । धन तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । मध्यान्हबाट पढाई लेखाईमा सुधार गर्दै राम्रो नतिजा ल्याउँन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुँनाले काम थाति रहनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने बिभन्न अवसर आएपनि समय अभावले ति अवसरहरुलाई सदुपयोग गर्न सकिनेछैन।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउँन सकिनेछ। राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने छ। बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुँनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउँला भन्न सकिन्न। बाद बिवाद तथा प्रतिश्पर्धामा आजको दिन सरिक नहुँदा नै राम्रो हुँनेछ भने मुद्दा मामिला तथा न्यायलयमा सहभागि भई बयान दिदा हारिने सम्भाबना रहेको छ। बिद्यामा उत्साजनक प्रगति नहुँदा मन चिन्तित रहला।

तपाईको दिन शुभ रहोस्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083