रहेनन् वरिष्ठ साहित्यकार शिव रेग्मी
वि.सं.२०७५ फागुन ९ बिहीवार ०९:०१
6.14K
shares
shares

काठमाडौँ। वरिष्ठ साहित्यकार एवं अन्वेषक शिव रेग्मीको बुधबार ७८ वर्षको उमेरमा निधन भएको छ।
विक्रम संवत् १९९८ असोज १ मा काठमाडौंमा जन्मनु भएका रेग्मीलाई बुधबार सुतेको केही बेरमा श्वास फेर्न असजिलो भएपछि उपचारार्थ काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
चिनी र उच्च रक्तचाप बाट पीडित भएपनि उहाँमा खासै कुनै समस्या नभएको र ब्रेनहेमरेजका कारण निधन भएको जानकारी अस्पतालले दिएको उहाँँले बताउनुभयो । स्वर्गीय रेग्मीको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
‘भूपि शेरचनका कविता’ ‘गोरखापत्र सय वर्षका १०१ कथा’, ‘शारदाका सम्पादकीय विचारहरु’, ‘नेपाली क्रान्तिको भूमिकै भूमिका’, ‘शङ्कर लामिछानेका निबन्ध’, ‘गोरखापत्रका १०१ निबन्ध’, ‘कमल दीक्षितको दुष्टिः दृष्टिकोण’ आदि उहाँद्वारा सम्पादित कृति प्रकाशित भएका छन्।































