वुमन्स टी-२० क्वालिफायर : थाइल्यान्डसँग नेपाल पराजित

3.99K
shares

काठमाडौं । आईसीसी उमन्स टि-२० वर्ल्डकप एसिया रिजन क्वालिफायरमा नेपाल आयोजक थाइल्यान्डसँग पराजित भएको छ। पहिलो म्याचमा मलेसियाविरुद्ध सहज जित निकालेको नेपाल दोस्रो म्याचमा थाइल्यान्डसँग ५७ रनले हार्‍यो।

पहिलो ब्याटिङ गरेको थाइल्यान्डले नेपाललाई एक सय २५ रनको चुनौती दिएको थियो। तर, नेपाली ब्याट्सवुमनहरु थाइल्यान्डको बलिङमा टिक्न सकेनन्। ८ विकेटको क्षतिमा नेपालले ६७ रन मात्र जोड्न सक्यो। खराब सुरुवात गरेको नेपालले ८ रन जोड्न ३ विकेट गुमाइसकेको थियो।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक ४४ बलमा २९ रन बनाइन्। त्यसैगरी सीता रानामगरले ३४ बलमा १८ रन जोडिन्। अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङतर्फ नेपालका कविता कुँवर र नेरी थापाले दुई-दुई विकेट लिएका थिए। रुविना चौधरी र करुणा भन्डारीले १-१ विकेट लिए। थाइल्यान्डका लागि मध्यक्रमका ब्याट्सउमनहरुले राम्रो प्रदर्शन गरे। सुथिरुवाङले सर्वाधिक ३५ रनको योगदान दिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083