मोदीको अनुरोधमा ८ सय ५० जना भारतीय कैदीलाई रिहा गर्दै साउदी अरेबिया
वि.सं.२०७५ फागुन ९ बिहीवार १३:१२
4.64K
shares
shares

नयाँ दिल्ली । साउदी अरेबियाले आफ्नो देशको जेलमा रहेका ८ सय ५० जना भारतीय नागरिकलाई रिहा गर्ने भएको छ। भारत भ्रमणमा आएका साउदी युवराज मोहम्मद विन सलमानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा सो सम्बन्धी सहमति जनाएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबीस कुमारले ट्वीट गर्दै जनाएका छन्।
भारतीय विदेश मन्त्रालयले हज यात्राका क्रममा साउदी अरेबिया जाने भारतीयहरुलाई समेत आवश्यक सहयोग गर्ने र २ लाख जनासम्मको कोटा बढाउने वचन दिएको जनाएको छ। साउदी राजकुमार भारत भ्रमण सकेर आजबाट चीनको भ्रमणमा जाँदैछन् भने भारतीय प्रधानमन्त्री मोदी दक्षिण कोरियाको भ्रमणका लागि आज बिहान सिउल पुगेका छन्।































