वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुई जना कामदारको मृत्यु

4.29K
shares

काठमाडौँ । वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन्।

घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन्। नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए।

हिजो बेलुका लिफ्ट चुँडिदा ३ जना मजदुर गम्भीर घाइते भएका थिए। एक जनाको उपचारको क्रममा ट्रमा सेन्टर लैजार्दै गर्दा र एक जनाको उपचार हुँदै गर्दा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083