नर्भिकबाट डिस्चार्जपछि मुम्बई फर्किए ‘सोनू निगम’
वि.सं.२०७५ फागुन १० शुक्रवार १३:४५
4.43K
shares
shares

काठमाडौँ । बलिउडका चर्चित गायक सोनू निगम बुधबार नेपालबाट मुम्बई पुगेका छन्। सोनूलाई आफ्नी श्रीमतीसँग मुम्बई एयरपोर्टमा ह्विलचेयरमा देखिएको थियो।
सोनूलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । गीतको छायांकनका लागि नेपाल आएका उनलाई अचानक ढाडमा पीडा महसुस भएपछि नर्भिक भर्ना गरिएको थियो ।
https://www.instagram.com/p/BuGwI0in5vj/?utm_source=ig_embed
स्मरण रहोस्, यो महिनाको सुरुवातमा पनि सोनूलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो किनभने उनलाई एलर्जी भएको थियो । जसका कारण सोनूको अनुहार सुन्निएको थियो र उनलाई सास लिन समस्या भइरहेको थियो ।
https://www.instagram.com/p/BtiD_sbBwAr/?utm_source=ig_embed

























