संसदीय बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीको राजीनामा मागियो

5.46K
shares

एजेन्सी । संसदीय बैठकमा ३ मिनेट ढिला पुग्दा जापानका एक मन्त्रीको राजीनामा माग गरिएको छ। ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले राजीनामा माग गरेका हुन्। उनीहरुले ३ मिनेट ढिला आएको भन्दै बैठक बहिस्कार गरेका छन्।

बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै पाँच घण्टा बैठक बहिष्कार गरेका हुन्। मन्त्री साकुरादाले श्रृंखलाबद्ध रुपमा गल्ती गरेको विपक्षी सांसदहरुको आरोप छ। उनी विवादास्पद अभिव्यक्तिका कारण बेला बेला विवादमा आउने गरेको बीबीसीले उल्लेख गरेको छ।

उनले गत साता पौडीबाज रिकाको इकिलाई ल्युकेमिया रोग लागेको कारण आफू दुखी भएको प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, ‘सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो। उनीप्रति हाम्रो ठूलो आशा थियो। म निराश भएको छु। उक्त अभिव्यक्तिपछि उनले क्षमा पनि मागेका थिए।

सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बनेका थिए। अनि गत वर्ष साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083