भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव फेला, चार जना पक्राउ

4.63K
shares

काठमाडौं । भक्तपुरमा गाडी भित्र शंकास्पद अवस्थामा शव भेटिएको छ। सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिका–८ लिवालीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन (मर्मत) भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन्। खोजतलास गर्दा प्रहरीले करिब ७ बजे गाडी भित्रै निकेशलाई अचेत अवस्थामा फेला पारेको थियो। उनलाई भक्तपुर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

खोजीको क्रममा केही व्यक्तिहरु निकेशको छोरालाई समेत छोडेर गाडीमा भक्तपुर नगरपालिका–८ लिवालीतर्फ भागेको देखेपछि प्रहरीले पिछा गरेको थियो। प्रहरीलाई देखेपछि शंकास्पद रुपमा उनीहरु भागेपछि गाडीमा हेदा निकेश अचेत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए।

प्रारम्भिक अनुसन्धान पछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमाला रहेका छन्।

मृतकले अत्यधिक लागूऔषध सेवन गरेको भनिए पनि उनी सँगैका व्यक्तिहरु भागेकोले घटना शंकास्पद भएको प्रहरी निरीक्षक पाण्डेले बताए। ‘घटना शंकास्पद छ। अस्पताल लैजान लागेको भए पनि उनीहरु नभाग्नुपर्ने,’ उनले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083