सामाजिक सुरक्षाकोषमा संकलन रकम ‘क’ वर्गका बैंकमा
वि.सं.२०७५ फागुन १३ सोमवार ०८:००
shares

काठमाडौं । सरकारले सामाजिक सुरक्षाकोषमा संकलन भएको रकम खुला प्रतिस्पर्धामा छनोट भएका ‘क’ वर्गका बैंकमा राख्ने तयारी गरेको छ। यसअघि सीमित बैंकमा मात्रै रकम राख्दै आएकोमा अब भने ‘क’ वर्गका सबै बैंकमा लगानी गर्न सक्ने गरी प्रस्ताव आह्वान गरेको समाचार आजको गोरखापत्र दैनिकमा छ।
कोषको रकम(वाणिज्य बैंकहरूमा)लगानी गर्नेसम्बन्धी कार्यविधि २०७५ अनुसार रकम लगानी गर्न लागिएको सामाजिक सुरक्षा कोषले जनाएको छ। सामाजिक सुरक्षा ऐनअनुसार श्रमिकको सुविधाका लागि कोषमा जम्मा भएको रकम लगानी गर्न सकिने भएको छ।
कोषका निर्देशक एवं प्रवक्ता रमा भट्टराईले कोषको रकम तोकिएका अन्य क्षेत्रमा पनि लगानी गर्न सकिने भए पनि हाल लाई भने ‘क’ वर्गमा वाणिज्य बैंकहरूमा लगानी गर्न प्रस्ताव आहा्न गर्न लागेको जानकारी दिइन्। कोषले रकम लिन चाहने वाणिज्य बैंक लाई लिन चाहेको रहम तथा उक्त रकमका लागि प्रस्तावित ब्याजदर समेत खुलाई आवेदन दिन प्रस्ताव गरिएको उनले बताइन्।
कोषको रकम लिन चाहने बैंकले नेपाल राष्ट्र बैंक बाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात ११ प्रतिशत वा सोभन्दा माथि कायम गरेको हुनुपर्ने, बैंकको निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुपर्ने छ।

























