झापामा बौलाह कुकुरले टोकेर दुहुना गाई सहित डेढ दर्जन पशुहरु मरे

4.91K
shares

झापा। भद्रपुर नगरपालिका ३ मा बौलाह कुकुरले टोकेर दुहुना गाई सहित डेढ दर्जन भन्दा बढी पशुहरु मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका जनावरहरु गाई, राँगा,खसी बाख्रालगायत लाई बौलाह कुकुरले टोके पछि रेबिज लागेर मरेका हुन्।

वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाए पछि सन्थाल बस्तीमा सबै भन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश भट्टाराईले जानकारी दिएका छन्। हाल रेविज विरुद्धको खोप वडा नं ३ सूर्य नगर र मङ्गल बारे क्षेत्रका पशु तथा मानिस लाई मर्नबाट बचाउनका लागि लगाइरहेको प्राविधिक भट्टराईले बताए । आइतबार मात्र पनि त्यस क्षेत्रमा मानिस र चौपाय लाई गरी १४ वटा रेबिज विरुद्धको खोप लगाइएको छ ।

उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डा पशुपति ढुङ्गानाले निःशुल्क खोप उपलब्ध गराएको बताए । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुर लाई बन्ध्याकरण गरी प्रजननदर घटाउन भद्रपुर नगरपालिकाले प्रत्येक वर्ष शिविर सञ्चालन गर्दै आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083