अमेरिकाले चिनियाँ सामानमा अतिरिक्त भन्सार शुल्क नलगाउने
वि.सं.२०७५ फागुन १३ सोमवार १०:०२
4.52K
shares
shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन बाट आउने सामानमा लगाउने अतिरिक्त भन्सार शुल्क तत्कालै नलगाउने घोषणा गरेका छन्।
अमेरिका र चीनबीचको व्यापार वार्ता फलदायी भइरहेको भन्दै राष्ट्रपति ट्रम्पले थप सामान माथीको अतिरिक्त भन्सार बढाउने निर्णय तत्कालका लागि लागू नगर्ने भएका हुन।
सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले चीन सँगको व्यापार वार्तामा प्रगति भइरहेको उल्लेख गरेका छन्। उनले बौद्धिक सम्पती, प्रविधि लगायत विषयका वार्तामा प्रगति भइरहेकोले अतिरिक्त भन्सार शुल्कमा ढिलाई गरिएको जनाएका छन्।































