आफ्नै आमालाई हजार टुक्रा पारे, पकाए, आफै खाए र कुकुरलाई पनि खुवाए!
वि.सं.२०७५ फागुन १३ सोमवार १२:२७
shares

एजेन्सी। आमालाई मारेर उनको मासु खाएको आरोप लागेका एक व्यक्तिले आमाको शवलाई हजार टुक्रा पारेर पकाए र आफ्नो घर पालुवा कुकुरसँग बाँडेर खाए।
२६ वर्षे अल्बर्टो सान्चेजले एक महिना अघि देखि हराइरहेकी मारिया सेलेड्याड गोमेजको खोजीमा जुटेका जासुस आफ्नो घरमा आइपुगे पछि आमाको हत्या गरेको स्विकार गरेका छन्।

चकित पुलिसले ६६ वर्षे मारियाको शव ६ वटा ठूलो प्लाष्टिकको झोलामा मड्रिड स्थित उनको फ्ल्याटमा फेला पारे। सान्चेजले आमाको हत्या गरेर शवलाई टुक्रा-टुक्रा पारेर पकाएको मिरर डट को डट युकेले बताएको छ। उनले आमाको आन्द्राभुँडी फोहोर फ्याँक्ने भाँडोमा फालिदिएको स्रोतले बताएको छ।
स्प्यानिस पत्रिका इएल मुन्दोका अनुसार आमाको शरिरलाई हजार टुक्रा बढी पारिएको थियो। उनका महत्वपूर्ण अंग हराइरहेका थिए भने आन्द्राभुँडी फ्ल्याटमा भएको डस्टबिनमा भेटिएको थियो।
सान्चेज, बेरोजगार पूर्व वेटर, ले आमाको हत्या कसरी गरे भन्नेबारे पुलिसले जानकारी दिएको छैन। सान्चेजका साथीहरुका अनुसार उनी लागुऔषध दुर्व्यवसनमा लागेपछि परिवारका लागि बोझ बनेका थिए।

साथीहरु का अनुसार उनी घरको अगाडि पट्टी रहेको पार्कको बेन्चमा बसेर रक्सी पिइरहन्थे। उनले आमाको हत्या कहिले गरे भन्ने बारे जानकारी नभए पनि पुलिसले घटना एक हप्ता अघि भएको हुनसक्ने आशंका गरे।
यद्यपी, छिमेकीले एक हप्ता अघि मारियालाई घाम तापिरहेको देखेको दाबी गरेका छन्। पुलिस स्रोतका अनुसार १५ वर्ष हुँदा बुवा गुमाएका सान्चेजले आमाको शवको टुक्रा पकाएर आफूले पनि खाए र कुकुरलाई पनि खुवाए।
आमालाई बारम्बार घरेलु हिंसा गरेका कारण पक्राउ परेका उनलाई पुलिस अधिकारीहरुले राम्रोसँग चिन्थे। छिमेकीका अनुसार मारियाको शरिरमा थुप्रै चोटपटक देखिरहन्थे जसलाई उनीहरुले कुकुरले बनाइ दिएको अनुमान गर्दथे।































