अफगान खेलाडीले लिए चार बलमा चार विकेट

4.85K
shares

काठमाडौं । अफगानिस्तान क्रिकेट खेलाडी रसिद खानले ४ बलमा चार विकेट नै लिएर विश्व कीर्तिमानी कायम राखेका छन्। आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्थान खेलाडी रसिदले ४ बलमा चार विकेट लिएका हुन्। आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्तानले विभिन्न चमत्कार गरेको थियो। त्यो मध्येको रसिदको कीर्तिमान सबैभन्दा अचम्मको हो।

अफगानिस्तानले तेस्रो टी–२० मा ३२ रनको जित हात पार्दै सिरिज ३–० ले क्लीन स्वीप गरेको छ। पहिले ब्याटिङ गरेको उसले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो। अघिल्लो खेलमा १६२ रनको नटआउट पारी खेलेका हजरतुल्ला जजाई ३१ रनमा आउट भए। तर, मोहम्मद नाबीले अफगानिस्तानको पारी सम्हाले। ३६ बलको सामना गरेका उनले ६ चौका र ७ छक्काको मदतमा ८१ रन बनाए।

जवाफमा मैदान उत्रिएको आयरल्याण्डको पारी ओब्रायन एक्लैले धानेका थिए। उनले दोस्रो विकेटका लागि एन्डी बालबेर्नीसँग ९६ रनको साझेदारी गरे। बालबेर्नी ४७ रनमा आउट भए। ओब्रायन भने क्रिजमा टिकिरहे।

५ ओभर बाँकी थियो र आरयरल्याण्डलाई ६९ रन चाहिएको थियो। तर, १६ औं ओभरको अन्तिम बलमा केभिन ओब्रायनलाई पभेलियनको बाटो देखाएका रसिदले १८ औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिएका हुन्। टि–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा विकेट लिने उनी विश्वमै पहिलो बलर बनेका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083